Wednesday, August 12

रौतहटमा २ बालबालिकाको शव फेला, एक बालिका बेपत्ता

नेपालअखबार, रौतहट । लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव बुधबार  बिहान फेला परेको छ ।

Advertisement

हिजो दिउँसो नदिमा नुहाउन गएका एक बालक र दुई बालिका लालबकैया नदिमा बेपता भएका थिए । हराएकामध्ये भने एक बालिक अझै बेपत्ता छिन ।

Advertisement
Advertisement

हराएका मध्ये देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनियाका १० वर्षीय मोहमद रहमतुल्लाह र सोही स्थानकी १० वर्षीया सवनम खातुनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।  दुवै जनाको शव नदीमा तैरिरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

Advertisement

शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाउने तयारी गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमले बताए ।