Thursday, August 13

कांग्रेस इतर समूहको कार्यालय : सभापतिको नेमप्लेटमा शेरबहादुर देउवा

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको सम्पर्क कार्यालय चुनदेवीमा शेरबहादुर देउवाको छुट्टै कार्यकक्ष स्थापना गरिएको छ। जहाँ ‘सभापति’ शेरबहादुर देउवा लेखिएको नेमप्लेट टाँसिएको छ।

Advertisement

उनको कार्यकक्षबाहिर र भित्र उनको चेम्बरमा सभापति शेरबहादुर देउवा लेखिएको नेमप्लेट राखिएको हो।

Advertisement
Advertisement

भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा आक्रमणमा परेका देउवा उपचारका लागि सिंगापुर गएका थिए। उनी पाँच महिनापछि आज मात्रै नेपाल आइपुगेका हुन्। उनको स्वागतका लागि इतर समूहका नेता कार्यकर्ताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेका थिए।

Advertisement

बाजागाजासहित उनलाई इतर समूहको कार्यालय पुर्‍याइएको हो।

कांग्रेसको सभापति अहिले गगनकुमार थापा छन्। माघ १ गते कांग्रेसको विशेष महाधिवेशनबाट थापा सभापति चयन भएका हुन्। उनको नेतृत्वलाई निर्वाचन आयोग तथा अदालतले मान्यता दिइसकेको छ।

तर फेरि तत्कालीन उपसभापति पूर्णबहादुर खड्कासहितले त्यसविरुद्ध पुनरवेदनको दिएका थिए। यसका लागि हालै सर्वोच्च अदालतले पुन:सुनुवाइको आदेश गरेको छ।

इतर समूहले थापालाई सभापतिको रुपमा स्वीकारेको छैन।