Monday, August 17

आजदेखि देशभरिका म्यानपावरहरू बन्द

नेपालअखबार, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आजदेखि देशभरिका म्यानपावरहरू बन्द गर्ने भएका छन् ।

Advertisement

सरकारलाई दिएको अल्टिमेटममा सहमति हुन नसकेपछि म्यानपावर व्यवसायीहरूले आजदेखि श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द गर्ने भएका हुन् ।

Advertisement
Advertisement

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सेवा शुल्क परिमार्जन लगायत १५ बुँदे माग अघि सारेको छ । ती माग सम्बोधन नभएको भन्दै व्यवसायीहरूले देशभरिका म्यानपावर कार्यालय बन्द गर्ने भएका हुन् ।

Advertisement

संघका अध्यक्ष डिकबहादुर खत्रीले वार्ता र आन्दोलनका कार्यक्रमलाई सँगसँगै अगाडि बढाएको बताउँछन् ।