Monday, August 17

पत्रकार श्रेष्ठलाई थप ४ दिन थुनामा राख्न अनुमति

नेपालअखबार,काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत काठमाडौंले अरु थप चार दिन थुनामा राख्न अनुमति दिएको हो।

Advertisement

सर्वोच्च अदालतको आदेश अनुसार, उनलाई बिहान १० बजे जफत भएका सामग्रीसहित सर्वोच्च लैजानुपर्नेमा प्रहरीले जिल्ला अदालत लगेको हो।जिल्लाबाट म्याद लिएपछि मात्रै प्रहरीले बन्दीप्रत्यक्षीकरणको मुद्दामा उपस्थित गराउन सर्वोच्च लगेको छ। सर्वोच्च अदालतले उनको थुनाको औचित्यबारे सुनुवाइ गरी आदेश दिनेछ।

Advertisement
Advertisement

Advertisement