Monday, August 17

कोशीमा नेकपाबाट ४ जना मन्त्री

नेपालअखबार,काठमाडौँ ।  कोशी प्रदेश सरकार सोमबार पुनर्गठन हुँदैछ।

Advertisement

नेपाली कांग्रेस सरकारबाट बाहिरिएपछि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश सरकारमा सहभागी हुन लागेको हो।

Advertisement
Advertisement

नेकपाले सरकारमा पठाउने मन्त्रीहरूको नाम टुंगो लगाएको छ।

Advertisement

नेकपाका अनुसार मोरङका जीवन आचार्यलाई भौतिक पूर्वाधार, इलामकी खिनु लङ्वा लिम्बूलाई वन, पर्यटन तथा वातावरण, सोलुखुम्बुका गोम्बु शेर्पालाई आन्तरिक मामिला तथा कानुन र मोरङकै गीता तिम्सिनालाई सामाजिक विकासमन्त्री बनाइने भएको छ।

मोरङका आचार्य नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ का ज्वाइँ हुन्।

सुनसरीकी सपना परियारलाई राज्यमन्त्री बनाउने निर्णय भएको छ।

नवनियुक्त मन्त्रीहरूको सोमबार अपराह्न ३ बजे शपथ हुने तयारी छ। नेकपामा मन्त्री बन्न चाहने सांसदको संख्या धेरै भएपछि नाम छनोटमा ढिलाइ भएको थियो।

नेकपा कोशीका इन्चार्ज तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राई, संसदीय दलका नेता ईन्द्र आङ्बो र प्रदेश अध्यक्ष हर्क नेम्वाङलाई मन्त्री छनोटको जिम्मेवारी दिइएको थियो। यी तीन नेताबीच सोमबार बिहान छलफल भएपछि नाम टुंगो लगाइएको हो।