Tuesday, August 18

कांग्रेसले अधिवेशनमा खटिने निर्वाचन अधिकृतहरूलाई प्रशिक्षण दिँदै

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले अधिवेशनका लागि तोकिएका निर्वाचन अधिकृतहरूलाई प्रशिक्षण दिने भएको छ ।

Advertisement

समितिले १५औं महाधिवेशन अन्तर्गत जिल्लाहरूमा तोकिएका निर्वाचन अधिकृतहरूलाई मंगलबार प्रशिक्षण दिने भएको हो ।

Advertisement
Advertisement

निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार मंगलबार दिउँसो २ बजे सानेपामा प्रशिक्षण कार्यक्रम राखिएको छ ।

Advertisement

उनका अनुसार प्रशिक्षण कार्यक्रममा सभापति गगन थापा पनि उपस्थित हुनेछन् ।कांग्रेस केन्द्रीय कार्यसमितिले आगामी १६ देखि १९ असोजमा १५औं केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ ।