Friday, August 21

झापामा जापानिज इन्सेफ्लाइटिसबाट ६ जनाको मृत्यु

नेपालअखबार,झापा । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ ।

Advertisement

मेचीनगर नगरपालिका–८ की ६४ वर्षीया महिलाको जेई सङ्क्रमणबाट मृत्यु भएपछि जिल्लामा जेईबाट ज्यान गुमाउनेको सङ्ख्या छ पुगेको छ ।

Advertisement
Advertisement

जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठका अनुसार गत साता ती महिलाको मृत्यु भएको हो । यससँगै जिल्लामा जेई सङ्क्रमितको सङ्ख्या ११ पुगेको छ । हालसम्म चार महिला र दुई पुरुषको मृत्यु भइसकेको छ ।

Advertisement

उक्त कार्यालयबाट जिल्लाका विभिन्न स्थानमा जेई परीक्षणलाई बढाइनका साथै स्वास्थ्यकर्मीको टोली अनुगमनका निम्ति निरन्तर परिचालन भएको उनले जानकारी दिए ।