
नेपालअखबार, वीरगन्ज । वीरगन्ज बाल सुधार गृहबाट एकजना युवक फरार भएका छन् । लागु औषध कसुरमा सुधार गृह पुगेका युवक १७ वर्षीय युवक चार दिनदेखि फरार रहेको तथ्य उजागर भएको छ ।
झ्यालबाट हाम फालेर युवक बाल सुधार गृहबाट फरार भएको पर्सा प्रहरीले पुष्टि गरेको छ । मंगलबार बिहान साढे ५ बजेतिर १७ वर्षीय “क” नाम गरेको युवक फरार भएको पर्सा प्रहरीका प्रवक्ता डिएसपी चक्र मल्लले जानकारी दिए ।
उनका अनुसार बिहानको समयमा बाल सुधार गृहको पछाडिको झ्यालबाट १७ वर्षीय युवक फरार भएका हुन । लागु औषध अभियोगमा उनी अदालतको फैसला बमोजिम बाल सुधार गृहमा पुगेको प्रहरीले जानकारी दिएको छ ।
करिब एक साता अगाडि मात्रै अदालतको फैसलापछि उनलाई सुधार गृहको हिरासतमा राखिएको थियो । सर्लाही सर्लाही गडौता नगरपालिका घर भएका ती युवकलाई फरार भए लगत्तै खोजबिन सुरु गरिएको प्रहरीले जनाएको छ । तर अझैसम्म फेला पार्न नसकिएको पर्सा प्रहरी प्रवक्ता डिएसपी मल्लले बताए ।




