Monday, August 24

बागमतीमा मन्त्री बनेका तीन सांसद पदमुक्त गर्न राप्रपाको पत्र

नेपालअखबार, हेटौंडा । बागमती सरकारमा मन्त्री बनेका आफ्ना तीन जना सांसदलाई पदमुक्त गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेशसभालाई पत्राचार गरेको छ ।

Advertisement

उपसभामुख अप्सरा चापागाईंलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको निर्देशन उल्लंघन गर्दै बागमती प्रदेश सरकारमा सहभागी भएका तीन प्रदेशसभा सदस्यलाई पदमुक्त गर्न पत्र लेखेका हुन् ।

Advertisement
Advertisement

लिङ्देनले यसअघि राप्रपा प्रदेश संसदीय दलका नेता उद्धव थापालाई पनि प्रदेश सभा सदस्यबाट पदमुक्त गर्न पत्रचार गरेका थिए ।

Advertisement

राप्रपाले पार्टीको पटक-पटकको निर्देशन अवज्ञा गरेको, पार्टीको ह्विप उल्लंघन गरेको तथा केन्द्रीय कार्यसम्पादन समितिको निर्णयविपरीत सरकारमा सहभागी भएको आरोप लगाउँदै प्रदेशसभा सदस्यहरू राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई केन्द्रीय अनुशासन समितिको सिफारिसका आधारमा पदमुक्त गरेको जनाएको छ ।