Tuesday, August 25

सल्यानमा खोलाले बगाएर रोल्पाका एक वृद्धको मृत्यु

नेपालअखबार, रोल्पा । सल्यानमा खोलाले बगाउँदा रोल्पाका एक व्यक्तिको मृत्यु भएको छ ।

Advertisement

रोल्पाको गंगादेव गाउँपालिका–४ गैरानेटाका अन्दाजी ७२ वर्षीय देउरुप डाँगीलाई सल्यानको बागचौर नगरपालिका–१२ स्थित बाफुखोलाले बगाएको हो ।

Advertisement
Advertisement

सोमबार बेलुका ६:३० बजेको समयमा सल्यानबाट घर फर्कने क्रममा डाँगीलाई खोलाले बगाएको गंगादेव गाउँपालिका–४ का वडाध्यक्ष कृष्ण वली (विपिन)ले जानकारी दिए।

Advertisement

सल्यानमा खोलाले बगाएर रोल्पाको एक वृद्धको मृत्युवडाध्यक्ष वलीका अनुसार मृतक डाँगीको शव करिब तीन/चार सय मिटर तल फेला परेको हो ।