Wednesday, August 26

टिमुरेमा बाढी, तिब्बतमा हिमताल विस्फोट भएको आशंका

नेपालअखबार, काठमाडौँ । रसुवाको सीमावर्ती क्षेत्र टिमुरे हुँदै भोटेकोशी र त्रिशूली नदीमा भीषण बाढी आएको छ। तिब्बततर्फुहिमताल विस्फोट भएको आशंका जल तथा मौसम विज्ञान विभागले गरेको छ ।

Advertisement

विभागले नदीको बहाव अचानक बढेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अपिल गरेको छ।

Advertisement
Advertisement

बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीका अनुसार आज भदौ १० गते बिहान करिब ९ बजेको समयमा तिब्बततर्फबाट टिमुरे नाका हुँदै ठूलो बाढी नेपाल प्रवेश गरेको हो।

Advertisement

यो बाढी वर्षाका कारण नभई आकस्मिक रूपमा आएकाले तिब्बतमा हिमताल विस्फोट भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको पराजुलीले बताए । बाढीको वास्तविक कारण पत्ता लगाउन विभागले चिनियाँ अधिकारीहरूसँग समन्वय गरिरहेको पराजुलीको भनाइ छ।

उपग्रह बाट खिचिएका तस्बिरहरू र अन्य प्राविधिक माध्यमबाट हिमताल विस्फोटको पुष्टि गर्ने प्रयास भइरहेको पराजुलीले जानकारी दिए ।