
नेपालअखबार, काठमाडौं । अप्रत्यासित रूपमा भोटेकोशीमा आएको बाढीले रसुवा र नुवाकोटका ८ विद्यालयमा क्षति पुगेको छ । ती मध्ये ७ वटा विद्यालय रसुवाका छन् ।
रसुवाको गोसाईकुण्ड गाउँपालिका विद्यालयमा सर्वाधिक क्षति पुगेको छ । गोसाईकुण्डा गाउँपालिका टिमुरेस्थित टिमुरे सामुदायिक विद्यालयको भवन ठूलो क्षति भएको छ । रसुवाकै उत्तरगया गाउँपालिकाममा रहेको उत्तरगया विद्यालयमा क्षति पुगेको छ भने विद्यार्थीहरूले भागेर ज्यान बचाएका छन् ।
नुवाकोटको विदुर नगरपालिका–५ को त्रिभुवन त्रिशूल माध्यमिक विद्यालय भौतिक रूपमा व्यापक क्षति भएको छ । यो विद्यालयमा हिलो र लेदो पस्नुका साथै बाढीले बगाएर ल्याएका बाढीजन्य सामग्रीले विद्यालय परिसर भरिएको छ ।
रसुवाको टिमुरेमा रहेका तीन बोडिङ स्कुल र दुई सामुदायिक विद्यालयमा क्षति पुगेको छ । ती विद्यालयको नाम भने खुल्न बाँकी छ । प्रारम्भिक विवरण अनुसार ती चार विद्यालयलाई बाढीले बगाएको छ ।




