Friday, August 28

बाढीमा परेका ५९ जनाको काठमाडौंमा उपचार हुँदै

नेपालअखबार, काठमाडौं । भोटेकोशीमा बाढीमा घाइते भएर उद्धार गरी काठमाडौं ल्याएकामध्ये ५९ जनाको अहिले काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

Advertisement

जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र काठमाडौंका अनुसार बाढी प्रभावित जिल्ला रसुवा, नुवाकोटलगायत जिल्लाका ८८ जना घाइतेको उद्धार गरी थप उपचारका लागि काठमाडौं ल्याएको थियो।

Advertisement
Advertisement

केन्द्रका अनुसार तीमध्ये २९ जना काठमाडौंको विभिन्न अस्पतालमा उपचारपश्चात् ‘डिस्चार्ज’ भएर फर्किएका छन्।

Advertisement

शिक्षण अस्पताल महाराजगञ्ज अस्पतालमा तीन जना घाइतेको उपचार भइरहेको छ भने सो अस्पतालबाट उपचार गरेर ११ जना डिस्चार्ज भएका छन्।

त्यस्तै, राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि ल्याइएका ३१ जनामध्ये १२ जना उपचारपश्चात् डिस्चार्ज भएका छन्। वीर अस्पतालमा ६ जना उपचारका लागि भर्ना भएकामा पाँच जना उपचारपछि डिस्चार्ज भएका छन्।

त्यस्तै, मनमोहन हस्पिटलमा दुई जना र ग्रीनसिटी अस्पतालमा एक जनाको उपचार भइरहेको छ। नर्भिक अस्पतालमा दुई जना घाइतेको उपचार भइरहेको छ।

मनमैजु शुभम् अस्पताल र नेपाल मेडिकल कलेजमा एक/एक जनाको उपचार भइरहेको छ।