Sunday, August 30

धादिङको चिरौदीमा बाढीले ४ घरमा क्षति

नेपालअखबार, काठमाडौं । धादिङको गल्छी गाउँपालिका-४ चिरौदीमा बाढीले चार वटा घरमा क्षति पुगेको छ।

Advertisement

धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले त्रिशूली नदीमा पानीको बहाब बढ्दा स्थानीयको घरमा क्षति पुगेको जानकारी आफूले पाएको बताइन् ।

Advertisement
Advertisement

उनले  भनिन्, ‘बाढीले चार घरमा क्षति पुर्‍याएको भन्ने सूचना पाएको छु । घटनास्थलमा प्रहरीको टोली गइसकेको छ । घर पूर्णरूपमा बगाएको हो कि आंशिक रूपमा क्षति पुगेको भन्नेबारे प्रहरीको टोली पुगेपछि मात्रै थाहा हुन्छ ।’

Advertisement

गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले पनि बाढीले चार वटा घरमा क्षति पुगेको जानकारी आफूले पाएको बताए ।

उनले भने, ‘स्थानीयको चार वटा घरमा क्षति पुगेको भन्ने सूचना पाएको छु । यसबारे थप बुझ्ने प्रयास भइरहेको छ ।’

त्रिशूली नदीमा पानीको बहाब बढ्दै गएको र नदी तटीय क्षेत्र जोखिममा रहेको भन्दै स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।