Wednesday, September 2

आज दुई संसदीय समितिको बैठक बस्दै

नेपालअखबार, काठमाडौं । संघीय संसद् मातहतका दुई वटा संसदीय समितिको बैठक आज बस्दैछ छ ।

Advertisement

संसद्‍ सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो ।

Advertisement
Advertisement

बुधबार बिहान साढे ९ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘रसुवा बाढी पहिरोका कारण पर्यटन क्षेत्रमा परेका प्रभाव’का बारेमा छलफल गर्ने कार्यसूची छ।

Advertisement

यस्तै, दिउँसो सवा १२ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ माथि दफावार छलफल गर्ने कार्यसूची छ ।