Thursday, September 3

तीन दिनको मौसम चेतावनी, यी जिल्लामा भारी वर्षाको सम्भावना

नेपालअखबार, काठमाडौँ । आगामी तीन दिन अधिकांश जिल्लामा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले भारी वर्षा हुने जिल्लामा सतर्कता अपनाउन भनेको छ ।

Advertisement

त्यस्तै १८ गते राती कोशी,बागमती प्रदेशको हिमाली तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको एक दुई स्थानमा भारी वर्षा हुने जनाएको छ । त्यसैगरी भदौ १९ गते दिउँसो कोशी, वामगती र गण्डकी प्रदेशको हिमाली भूभाग र वामगती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागसहित सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

Advertisement
Advertisement

भदौ २० गते कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभाग, बागमती र गण्डकीसहित कर्णालीका पहाडी तथा लुम्बिनी र सुदूरको तराई भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले भारी वर्षा हुने जिल्लालाई सुन्तला रङले चिनाएको छ ।

Advertisement

793580267_1797372688373486_5718442901651862116_n

विभागले भदौ १८ गते बिहीबार दिउँसो बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षा हुने जनाएको छ ।