Saturday, September 5

तराईकै उद्योगमा भरेर काठमाडौं भित्र्याइँदैछ ग्यास सिलिन्डर

नेपालअखबार,काठमाडौं । भदौ १० गतेको रसुवा बाढीपछि देशको प्रमुखमध्येको पृथ्वीराजमार्गमा पनि कटान र पहिरोले क्षति पुर्‍याएको छ।

Advertisement

राजमार्गको कृष्णभिरमा पहिरो जाँदा राजमार्ग अवरुद्ध छ।

Advertisement
Advertisement

उक्त सडक हुँदै काठमाडौं भित्रिने ठूला मालबाहक र सवारी साधनहरू वैकल्पिक सडक भएर गुडिरहेका छन्।

Advertisement

नेपाल आयल निगमले पनि व्यवसायीहरूसँग समन्वय गरेर उक्त सडक भएर आउजाउ गर्न नसकेपछि त्रिभुवन राजपथको बाटोबाट पेट्रोलियम पदार्थ भित्र्याइरहेको बताएको छ।

यही सडकखण्ड हुँदै एलपी ग्यास अहिले तराइकै उद्योगमा सिलिन्डर भरेर काठमाडौं ल्याउन थालिएको निगमले जनाएको छ।

भदौ १८ गते उपत्यकाको लागि विभिन्न ब्रान्डका साढे २४ हजार र १९ गते ३२ हजार १३४ थान भरिएको सिलिन्डर ल्याइएको निगमको दाबी छ।

त्यस्तै खोज तथा उद्धारमा प्रयोग भएका हेलिकप्टरका लागि नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकमै तेल भर्ने व्यवस्था मिलाइएको छ।