Friday, September 11

हर्मुजमा सेना पठाउने निर्णय अझै भएको छैन : दक्षिण कोरिया

नेपालअखबार, काठमाडाैँ । दक्षिण कोरियाका विदेशमन्त्रीले शुक्रबार इरानी समकक्षीसँग हर्मुज जलमार्गमा सैन्य तैनाथी गर्ने कुनै निर्णय अझै नभएको बताएका छन्।

Advertisement

सियोलले जलमार्गको सुरक्षामार्फत ‘योगदान’ दिनेबारे विचार गरिरहेको बताएपछि तेहरानले यस्तो कुनै पनि सैन्य तैनाथी नगर्न चेतावनी दिएको थियो।

Advertisement
Advertisement

दक्षिण कोरियाका शीर्ष कूटनीतिज्ञ चो ह्युन र इरानका विदेशमन्त्री अब्बास अराघचीबीच तेहरानको अनुरोधमा टेलिफोन वार्ता भएको हो। सियोलको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “उनीहरूले ‘मध्यपूर्वको हालको अवस्था र हर्मुज जलसन्धि’ बारे छलफल गरेका छन्।

Advertisement

मन्त्रालयका स्रोतले भनेको छ, “चोले हाम्रो स्पष्ट अडान राख्नुभएको छ ।सम्भावित तैनाथीबारे कुनै निर्णय भइसकेको छैन र हर्मुजमा स्वतन्त्र आवागमन पुनःस्थापित हुनुपर्ने कुरामा जोड दिनुभएको भएको छ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मित्र राष्ट्र दक्षिण कोरियालाई मध्यपूर्वको युद्धमा सहयोग गर्न बारम्बार दबाब दिनुभएको छ । एका छन्। उनले सियोलले विश्वको तेल आपूर्तिका लागि महत्वपूर्ण यो जलमार्ग सुरक्षित गर्न सहयोगको अनुरोध अस्वीकार गरेको बताएका छन्।

शुक्रबारको यो फोनवार्ता तेहरानले यस साताको सुरुमा दिएको चेतावनीपछि भएको हो । तेहरानले कुनै पनि दक्षिण कोरियाली सैन्य सहयोगले ‘गम्भीर परिणाम’ निम्त्याउने चेतावनी दिएको थियो।

दक्षिण कोरियाले हर्मुजको अवस्था बुझ्न तथ्य सङ्कलन टोली पठाएको जनाएको छ।

फेब्रुअरी २८ मा अमेरिका–इरान युद्ध सुरु भएदेखि नै यो महत्वपूर्ण समुद्री मार्ग लगभग ठप्प जस्तै छ । यसले विश्वव्यापी ऊर्जा बजारमा ठूलो असर पारेको छ।

हर्मुजमाथि नियन्त्रण राख्ने इरानको अडानका कारण इरान र अमेरिकाबीचको वार्ता अड्किएको छ । सामान्य अवस्थामा यो मार्गबाट विश्वको करिब पाँच भागको एक भाग तेल तथा अन्य इन्धन निर्यात हुन्छ।