Tuesday, September 15

अवकासको मुखमा रहेका जिल्ला न्यायाधीश बेल्बासेलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस

नेपालअखबार, काठमाडौँ । जिल्ला अदालत कास्कीका प्रमुख न्यायाधीश हिमलाल बेलबासे आउँदो असार ३ गतेबाट ६३ वर्षको उमेर हदका कारण अवकासमा जाँदै छन् । २०२० साल असोज ४ गते जन्मेका बेलबासेलाई नियमित अवकासमा जान नपाउँदै मंगलबार न्याय परिषद्को बैठकबाट उच्च अदालत जनकपुरको न्यायाधीशमा पदस्थापन हुने गरी सिफारिस गरिएको हो ।

Advertisement

न्याय परिषद्को बुलेटिन अनुसार उनी जिल्ला न्यायाधीशको बरियात सूचीमा १३ औँ नम्बरमा पर्छन् । उच्च अदालतमा पाँच जना न्यायाधीश खाली रहेकोमा न्याय परिषद बैठकले बेलबासेसहित सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेल र फैसला कार्यान्वयन महानिर्देशनालयका गजेन्द्रबहादुर सिंहलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।

Advertisement
Advertisement

जिल्ला अदालतका न्यायाधीश बेलबासेले यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा दर्ता भएको सूर्यदर्शन सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग संशोधनको अनुमति दिएका थिए । न्यायाधीश बेल्बासेको एकल इजलासले गत जेठ ८ गते दिएको थियो । कास्की जिल्ला अदालतसँगै रुपन्देही, काठमाडौँ र पर्सा जिल्ला अदालतले मुद्दा संसोधनको अनुमति दिएको थियो ।

Advertisement

जेनजी आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारकी महान्यायाधीवक्ता सविता भण्डारीले लामिछानेविरुद्ध देशभरका अदालतमा दर्ता भएका मुद्दा संशोधन गर्ने निर्णय गरेकी थिइन् । निर्णयअनुसार जिल्ला सरकारी वकिल कार्यालय कास्कीमार्फत दर्ता भएको अभियोग संशोधनलाई बेल्बासेको इजलासले सदर गरेको थियो । संशोधनपछि लामिछानेविरुद्ध सहकारी ठगी सम्बन्धी मुद्दा मात्रै बाँकी छ ।