Tuesday, September 15

कांग्रेसको १५औँ महाधिवेशन : ७७ वटै जिल्लामा निर्वाचन अधिकृत परिचालन

नेपालअखबार,काठमाडौँ। नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत हुने विभिन्न तहका अधिवेशन तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि चयनका लागि केन्द्रीय निर्वाचन समितिले देशभर निर्वाचन प्रक्रिया तीव्र बनाएको छ।

Advertisement

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार २०८३ असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन आयोजना हुँदैछ। त्यसअघि असोज ३ र ४ गते वडा अधिवेशन, असोज ७ गते पालिका अधिवेशन, तथा असोज १० गते प्रदेश सभा क्षेत्रीय अधिवेशन र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुने कार्यतालिका सार्वजनिक गरिएको छ।

Advertisement
Advertisement

केन्द्रीय निर्वाचन समितिका अनुसार निर्वाचन प्रक्रिया सञ्चालन तथा समन्वयका लागि ७७ वटै जिल्लामा जिल्ला निर्वाचन अधिकृत खटाइसकिएको छ। जिल्ला निर्वाचन अधिकृतहरू सम्बन्धित जिल्ला कार्यसमितिसँग समन्वय गर्दै निर्वाचन प्रक्रियामा सक्रिय रूपमा सहभागी भइरहेका छन्।

Advertisement

निर्वाचन समितिले पार्टीका सम्पूर्ण क्रियाशील सदस्य, नेता तथा कार्यकर्तालाई अधिवेशन प्रक्रियामा उत्साहपूर्ण सहभागिता जनाउन आग्रह गरेको छ। पार्टीका सबै तह र निकायलाई निर्धारित निर्वाचन कार्यक्रमलाई प्रभावकारी रूपमा सम्पन्न गर्न आवश्यक समन्वय र सहयोग गर्नसमेत समितिले अनुरोध गरेको छ।

केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले अधिवेशन प्रक्रिया पार्टीको आन्तरिक लोकतन्त्रलाई थप सुदृढ बनाउने महत्वपूर्ण अवसर भएकाले सबै क्रियाशील सदस्यलाई सक्रिय र उत्साहजनक सहभागिताका लागि आग्रह गरेका छन्।

p