Thursday, July 23

२४ घण्टामा नेपालमा थप १५० जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, काडमाडाैं। पछिल्लो २४ घण्टामा नेपालमा थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका परीक्षण केन्द्रमा गरिएको परीक्षणमा थप १५० जनाको पीसीआर रिपोर्ट पोजिटिभ देखिएको बताए।
योसँगै नेपालमा काेराेना संक्रमितको संख्या  १७ हजार ९९४  पुगेकाे छ भने सक्रिय संक्रमितको संख्या ५ हजार ४७७ रहेको छ।
पछिल्लो २४ घण्टामा २७ परीक्षण केन्द्रमा ३ हजार ९६३ जनाको पीरीआर परीक्षण गरिएको थियो।
नेपालमा पछिल्लो २४ घण्टामा थप ६०९ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन्।
योसँगै नेपालमा उपचारपछि कोरोनालाई जितेर घर फर्कनेको संख्या १२ हजार ४७७ पुगेको छ।
प्रवक्ता गौतमका अनुसार नेपालमा कोरोनाका कारण अहिलेसम्म ४० जनाको ज्यान गइसकेको छ।

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *