Monday, April 20

देवरको कुटपिटबाट भाउजुको मृत्यु

नेपाल अखबार, जनकपुरधाम । महोत्तरीमा देवरको कुटपिटबाट भाउजुको मृत्यु भएको छ । देवर शेखनारायण महतोले कुटपिट गर्दा  बर्दिबास नगरपालिका-१४ निवासी लुखियादेवी महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।
महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टका अनुसार ४९ वर्षीय शेखनारायणले ५५ वर्षीया भाउजु लुखियादेवीलाई कुटपिट गर्दा उनको ज्यान गएको हो ।

विष्टले भने,  ‘घटनाको प्रारम्भिक अनुसन्धान अनुसार सोमबार राति घरायसी विवादका क्रममा देवरले भाउजुमाथि कुटपिट गरि घाइते बनाएकाे देखिन्छ ।’
देवरको कुटपिटबाट घाइते भएका लुखियादेवीलाई शुभ स्वास्तिक अस्पताल बर्दिबासमा प्राथमिक उपचार गराई थप उपचारका लागि धनुषा अस्पताल जनकपुरधाम लगिएको भएपनि उनको उपचारको क्रममा मृत्यु भएको विष्टले बताए ।
कुटपिट गर्ने देवरलाई इलाका प्रहरी कार्यालय बर्दिबासले नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *