Saturday, September 26

दाजु-भाइ सुतिरहेको गोठमा खस्यो पहिरो, भाइको मृत्यु

नेपालअखबार,डोल्पा।  डोल्पामा पहिरोमा परी एक जनाको मृत्यु भएको छ।

Advertisement

त्रिपुरासुन्दरी नगरपालिका-१ खलवलगाडाका ३३ वर्षीय रूपचन्द्र केसीको मृत्यु भएको हो। उनका दाइ ३८ वर्षीय मनरूप केसी घाइते भएका छन्।

Advertisement
Advertisement

उनीहरू घरबाट केही तल त्रिपालले बनाइएको गोठमा सुतिरहेका थिए।

Advertisement

अविरल वर्षासँगै गएराति १० बजेतिर पहिरोसहित खसेको ढुंगाले लागेर रूपचन्द्रको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख डिएसपी अनिलराज गिरीका अनुसार पहिरोसँगै खसेको ढुंगाले रूपचन्द्रको टाउको र छातीमा लागेको थियो।

ढुंगाले लागेपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

उनका दाजु मनरुपलाई ढाडमा ढुंगाले लागेको भए पनि अवस्था सामान्य रहेको र घरमै आराम गरि रहेको प्रहरीले जनाएको छ ।

यो घटना बारे प्रहरीले शनिबार बिहान मात्रै खबर पाएको थियो। त्यसपछि प्रहरी घटनास्थल पुगेको डिएसपी गिरीले बताए ।