
नेपालअखबार, पर्वत । पर्वतमा कालीगण्डकी नदीको बाढी बस्तीमा पस्दा २५ घर बगाएको छ।
जलजला गाउँपालिका-८ स्थित फर्सेमा आइतबार बिहान ८ बजे कालीगण्डकी बाढी पसेको हो।
बस्तीमा रहेको ८० घरमध्ये २५ वटा घर बगेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।
बाँकी घरहरू पनि जोखिममा छन्।
बाढीले मानवीय क्षति भने भएको छैन। बस्तीका सबै स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
पहिरोका कारण तत्काल प्रहरी टोली घटनास्थलमा पुग्न सकेको छैन।
उक्त स्थान प्रहरी चौकी मिलनचोक, पर्वतबाट करिब ६ किलोमिटर पूर्वमा पर्छ।
घटनाको थप विवरण आउन बाँकी प्रहरीले जनाएको छ।




