Wednesday, September 30

दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुल चुँडियो, आवतजावत ठप्प

नेपालअखबार,कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने महाकाली नदीमाथिको पुल चुँडिएको छ। बुधबार बिहान पुलको बिचको एक पोल महाकाली नदीले बगाएपछि पुल चुँडिएको हो।

Advertisement

नेपालको सबैभन्दा लामो झोलुङ्गे पैदलयात्री पुलमध्ये एक मानिने यो पुललाई एसियाकै दोस्रो लामो झोलुङ्गे पुलका रूपमा समेत चिनिन्छ।पुलको लम्बाइ १ हजार ४५२।९६ मिटर र चौडाइ १.६ मिटर रहेको छ। महाकाली नदीले छुट्याएको दोधारा र चाँदनी क्षेत्रलाई जोड्ने यो पुलले भारत–नेपाल सीमासँग जोडिएको नेपाली भूभागमा आवतजावत सहज बनाउँदै आएको थियो।

Advertisement
Advertisement

Advertisement