Tuesday, October 6

मोरङमा धानबारीबाट २१० किलो गाँजा बरामद

नेपालअखबार, विराटनगर । मोरङको सीमावर्ती क्षेत्र जहदा गाउँपालिकाबाट प्रहरीले २१० किलो गाँजा बरामद गरेको छ ।

Advertisement

सोमबार राति जहदा गाउँपालिका–१ नयाँ बस्ती नजिकै रहेको धानबारीमा कालो प्लास्टिकमा प्याक गरेर राखिएको अवस्थामा २१० किलो गाँजा बरामद भएको हो ।

Advertisement
Advertisement

सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर गण हेडक्वार्टर कंकालिनी मोरङ र बीओपी जहदाबाट खटिएको संयुक्त टोलीले धानबारीमा लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा फेला पारेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीले जानकारी दिए ।

Advertisement

सीमावर्ती क्षेत्रमा बेवारिसे अवस्थामा रहेको गाँजा २१० किलो छ । गाँजा कसले लुकाएर राखेको थियो भन्ने यकिन नभएको प्रहरीले जनमाएको छ ।