Wednesday, October 7

इजरायल पठाउने भन्दै ठगी गर्ने गिरोहविरुद्ध उजुरी दिन सीआईबीको आह्वान

नेपालअखबार,काठमाडौं । इजरायल पठाउने भन्दै ठगी गर्ने गिरोहबाट पीडित भएकाहरुलाई उजुरी दिन केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आह्वान गरेको छ ।

Advertisement

सीआईबीले एक सूचना जारी गर्दै ठगी आरोपमा पक्राउ परेका भरतप्रसाद चौलागाईंसमेतका व्यक्तिबाट पीडित भए उजुरी दिने आग्रह गरेको छ । यो ठगी प्रकरणमा अहिलेसम्म चौलागाईंसहित ४ जनालाई पक्राउ गरेर अनुसन्धान गरिएको सीआईबीका एसएसपी अनुपम शमशेर जबराले बताए ।

Advertisement
Advertisement

अहिलेसम्म २ करोड ५० लाख रुपैयाँ ठगी भएको भन्दै सीआईबीमा उजुरीमा परेको छ । नेपाल सरकार र इजराय सरकारबीच सम्झौता भएर केयरगिभर परीक्षामा उत्तिर्ण भएकाहरुलाई प्रधानमन्त्रीको सल्लाहाकारसँग चिनजान रहेको बताउँदै छिटो इजरायल पठाउने भनेर रकम उठाउँदै ठगी गरेको आरोप छ ।

Advertisement