Saturday, April 18

पर्सामा पौडी खेल्ने क्रममा डुबेर किशोरको मृत्यु

इरफान अलि,वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिकामा पौडी खेल्ने क्रममा डुबेर एक जना किशोरको मृत्यु भएको छ ।
जगरनाथपुर–६ माधोपुर बस्ने १६ वर्षीय कृष्ण पटेलको मृत्यु भएको हो ।
मंगलबार साँझ ५ बजे जगरनाथपुर–६ स्थित नौरंगी खोलामा पौडी खेल्ने क्रममा डुबेर पटेल वेपत्ता भएका थिए ।
खोजतलासका क्रममा एक घन्टापछि मृत अवस्थामा उनको शव भेटिएको इलाका प्रहरी कार्यालय, पोखरियाले जनाएको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *