
नेपालअखबार,काठमाडौं । भारत भ्रमणमा रहेका गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेट भएको छ। भारतीय विदेशमन्त्री जयशंकरले गुरुङसँग भेटेको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका छन्। उनले भेट्दा खुसी लागेको पनि लेखेका छन्।
‘नेपालका गृहमन्त्री सुधन गुरुङसँग भेटेर खुसी लाग्यो’ जयशंकरले भनेका छन्।




