Wednesday, October 21

मुक्तिनाथ मन्दिरमा दशैंको टीका

नेपालअखबार, मुस्ताङ । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साझा धार्मिक तीर्थस्थलका रुपमा परिचित मुक्तिनाथ मन्दिरमा सर्वसाधारणलाई दशैंको टीका लगाइने भएको छ ।

Advertisement

मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले दशैंको अवसरमा सर्वसाधारणलाई टीका, जमरा र आर्शीवाद दिने कार्यक्रम रहेको जानकारी दिएका हुन् । विजया दशमीको शुभ साइतको दिन अक्षता रुपी टीका, जमरा लगाएर सर्वसाधारणलाई आशीर्वाद दिइने पुजारी सुवेदीको भनाइ छ ।

Advertisement
Advertisement

आफन्त, मान्यजन र परिवारबाट टाढा भएका तथा अभिभावक नभएकालाई मुक्तिनाथ मन्दिरमा दशैं टीका लगाइदिने व्यवस्था गरिएको हो ।

Advertisement

दशैंको दिन बिहान ५ बजेदेखि मुक्तिनाथमा नृत्य आराधना सुरु हुनेछ । अराधना सकिएलगत्तै दशैंको टीका लगाउने कार्यक्रम रहेको पुजारी सुवेदीले जानकारी दिए । भगवानको नृत्य कर्म करिब २ घण्टासम्म चल्नेछ ।