Saturday, October 24

नेकपाले आज कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म जागरण अभियान सन्चालन गर्दै

नेपालअखबार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म जागरण अभियान सन्चालन गर्दैछ । यस अभियानमा प्रवासलाई पनि समेट्ने नेकपाको योजना छ ।

Advertisement

नेकपाले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि)मा प्रवासमा ‘सम्बन्धित देशको कानुन र स्थानीय परिस्थिति अनुकूल’ कार्यक्रम सञ्चालन हुने उल्लेख छ ।

Advertisement
Advertisement

नेकपाका अनुसार प्रवास प्रदेशमा रहेका पार्टी सदस्यहरूको परिचालन प्रवास प्रदेशअन्तर्गत सम्बन्धित प्रदेश समितिको योजनाअनुसार हुनेछ र पार्टीसम्बद्ध संगठनलाई समेत अभियानमा जोड्ने तयारी छ ।

Advertisement

यस अभियानको क्रममा प्रवासमा राष्ट्रिय हित तथा स्वाधीनतासम्बन्धी जनचेतना, प्रवासी नेपालीका समस्या समाधानमा पहल, नेपालको अवस्थाबारे तथ्यपरक जानकारी प्रवाह, नेपाली समुदायसँग अन्तरक्रिया तथा आवश्यकताअनुसार राजदूतावास तथा अन्य निकायसँग समन्वय गरिने नेकपाले जनाएको छ ।

साथै पार्टीको वैचारिक विकास, संगठनात्मक सुदृढीकरण, श्रमिक अधिकार संरक्षण, जनसम्पर्क विस्तार तथा सामाजिक–आर्थिक रूपान्तरणका कार्यक्रमलाई पनि प्राथमिकता दिइने नेकपाले जारी गरेको अपानिमा उल्लेख छ ।

गत असोज २३ गते बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकपछि असोज २५ गते नेकपाले अपानि जारी गरेको थियो । सोही केन्द्रीय कार्यसंयोजन समितिको बैठकको निर्णय अनुसार आज कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म नेकपाले जागरण अभियान सञ्चालन गर्न लागेको हो ।