Tuesday, November 10

प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल संवत् ११४७ तथा म्हः पूजाको अवसरमा शुभकामना दिए

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपाल संवत् ११४७ तथा म्हः पूजाको अवसरमा देश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिएका छन् ।

Advertisement

प्रधानमन्त्री बालेनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश दिँदै नेपाल संवत् नेपालको मौलिक समयचक्र र पहिचान भएको बताएका छन् ।

Advertisement
Advertisement

राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर नेपाल संवत् सुरु गरेको उल्लेख गर्दै उनले यो चन्द्रमामा आधारित मौलिक संवत् भएको बताएका छन् ।

Advertisement

म्हः पूजाको महत्त्वबारे चर्चा गर्दै उनले आफ्नै देह र शरीरभित्रको चेतनालाई साक्षी राखेर आफैँले आफैँलाई पूजा गर्ने परम्पराले आत्मशुद्धि र चेतनाको बोध गराउने उल्लेख गरेका छन् ।

उनले म्हः पूजाले नेवार समुदायभित्र आपसी सद्भाव, आत्मबल र पुर्ख्यौली संस्कृतिको संरक्षण गर्दै जातीय एकतालाई थप प्रगाढ बनाउने बताएका छन् ।

त्यस्तै, गोवर्धन पूजा तथा हली तिहारको प्रसङ्ग उल्लेख गर्दै उनले कृषिकर्मका सहयात्री गोरुलाई पिठो, नुन र बावर खुवाउने तथा हलो, फालीलगायत कृषि औजारको पूजा गर्ने परम्पराको चर्चा गरेका छन् ।

भैलो र देउसीले छरछिमेकमा आपसी आत्मीयता र सद्भाव बढाउने उल्लेख गर्दै उनले मौलिक चाडपर्वले रिसराग भुलेर सामाजिक एकता र सहिष्णुताको भावना बलियो बनाउन प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।‘सबैको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना !’ उनले लेखेका छन् ।