Thursday, November 12

मेचीनगरमा जङ्गली हात्तीको आतङ्क रोक्न उच्च सतर्कता

नेपालअखबार,झापा । झापाको मेचीनगर नगरपालिका–४ स्थित प्रसाद गौडाबाट जङ्गली हात्तीले नेपालतर्फ प्रवेश गर्न थालेपछि सो क्षेत्रमा सुरक्षा सतर्कता उच्च पारिएको छ।

Advertisement

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार नेपाल–भारत सीमा क्षेत्रबाट हात्ती नेपाल छिरेर स्थानीय बासिन्दाको घर भत्काउने र पाकेको धान खाने गर्न थालेपछि भारततर्फै फर्काउन बुधबारदेखि सुरक्षा सतर्कता बढाइएको हो।

Advertisement
Advertisement

हात्तीको प्रवेशलाई पूर्ण रूपमा रोक्न र सम्भावित क्षति जोगाउन सशस्त्र प्रहरी बल नेपाल बिओपी बाहुनडाँगी, नेपाल प्रहरी, डिभिजन वन कार्यालयका वन रक्षक, र्या्पिड रेस्पोन्स टिम, विभिन्न सङ्घसंस्था तथा स्थानीय किसानहरू सक्रिय रूपमा परिचालन भएका छन्।

Advertisement

सुरक्षाकर्मी, वन कर्मचारी र स्थानीय बासिन्दाले हात्तीलाई नेपालतर्फ पस्न नदिन विभिन्न उपकरण र सवारीसाधनको प्रयोग गरी निगरानी तथा रोकथामको काम गरिरहेका छन्। नियन्त्रणका लागि १० भन्दा बढी साना माइकसहितका साइरन, सशस्त्र प्रहरी बलका दुईवटा ठूला साइरन, वन कार्यालय र सशस्त्र प्रहरी बलका एक–एकवटा साइरन जडित सवारीसाधन, नेपाल प्रहरीको एउटा ठूलो साइरन तथा ९० भन्दा बढी ठूला लाइट प्रयोगमा ल्याइएको छ।

यसैगरी, गस्ती र निगरानीलाई प्रभावकारी बनाउन तीनवटा ट्याक्टर तथा १० भन्दा बढी मोटरसाइकलसमेत परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए। सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सीमावर्ती क्षेत्रका बासिन्दालाई पर्याप्त सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ।