Friday, July 24

अलास्कामा ७ दशमलब ८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प

नेपालअखबार,एजेन्सि। संयुक्तराज्य अमेरिकाको अलास्कालाई केन्द्रविन्दु बनाएर ७ दशमलब ८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ।

Advertisement
अमेरिकी भूगर्भ सर्भेका अनुसार उक्त भूकम्प अलास्काको दक्षिणी भेगमा मंगलबार स्थानीय समय अनुसार अपराह्न २ बजेर १२ बजे आएको थियो।
भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटर गहिराईमा आएको थियो।
उक्त भूकम्पका कारण कुनै जनधनको क्षति भएको बारेमा विवरण प्राप्त भइसकेको छैन।
भूगर्भ केन्द्रले भूकम्पको गएको क्षेत्रको आसपास सुनामीको खतरा रहेको जनाएको छ। भूकम्पको धक्का सयौं माइल टाढासम्म अनुभव गरिएको थियो।
अलास्का भूकम्पीय जोखिमयुक्त क्षेत्र हो। रासस/सिन्ह्वा

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *