
नेपालअखबार,काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले वीरगञ्जस्थित सहिद स्मारकमा पुगी मधेश आन्दोलनका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । मधेश आन्दोलनका क्रममा आफ्नो जीवन उत्सर्ग गर्ने सहिदहरूको सम्मानमा उनले स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
सोमबार श्रद्धाञ्जली व्यक्त गरेपछि सभामुख अर्यालले सहिदहरूको त्याग, बलिदान र योगदानको स्मरण गरे । ‘सहिदहरूले देखेका समानता, सामाजिक न्याय, अधिकार र सम्मानसहितको समाज निर्माणको संकल्पलाई सबैले आत्मसात् गर्नुपर्छ,’ सभामुख अर्यालले भने ।




