Tuesday, November 17

यौनजन्य हिंसा रोकथामका लागि वीरगन्जमा तीन दिने सचेतनामूलक अभियान सुरु

नेपालअखबार, वीरगन्ज । मधेसमा यौनजन्य हिंसाको अपराध बढ्न थालेपछि रोकथामका लागि तीन दिने अभियान सुरु गरिएको छ ।

Advertisement

अपराध अनुसन्धान विभागको ७१ औं स्थापना दिवसको अवसरमा मधेसमा बढ्दो यौनजन्य हिंसा तथा रोकथामका लागि तीन दिने सचेतनामूलक अभियान सुरु गरिएको हो ।

Advertisement
Advertisement

वीरगन्जको घन्टाघरबाट पर्साका प्रमुख जिल्ला अधिकारी भोली प्रसाद दाहाले कार्यक्रमको उद्घाटन गरी औपचारिकरुपमा अभियानको सुरुवात गरेका हुन । कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपाल प्रहरी प्रदेश कार्यालय वीरगन्ज पर्साका प्रमुख एसएसपी कृष्णाबहादुर पल्ली मगरले यौनजन्य हिंसा मुक्त समाज स्थापनाका लागि प्रहरीले यो अभियान थालनी गरेकाे बताए ।

Advertisement

उनका अनुसार पछिल्लो समय मधेसका जिल्लाहरूमा यौनजन्य हिंसाका घटना घटिरहेका देखिएका छन् । यही घटनाहरूलाई कम गर्नका लागि प्रहरी प्रधान कार्यालय गरेको परिपत्र अनुसार आजदेखि तीन दिने अभियानको थालनी गरिएको उनले बताए ।

समाजका सबै वर्गको सहयोगबाटै यस्ता घटनाहरूमा कमी ल्याउन सकिने भएको हुँदा सबैसँग हातेमालो गरेर अभियान चलाइने उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय वीरगन्जले आयोजना गरेको कार्यक्रममा पर्साका प्रहरी प्रमुख पवन भट्टराई, सशस्त्र प्रहरी प्रमुख मोहन क्षेत्री, नागरिक समाजका अगुवा, संघसंस्थाका प्रतिनिधि तथा बिद्यार्थीहरुको सहभागिता थियो । अभियान उद्घाटन पश्चात् घण्टाघरदेखि सचेतना र्‍याली समेत निकालिएको थियो ।

नगर परिक्रमा गरी उक्त र्‍याली पुनः घण्टाघरमै पुगेर सकिएको हो ।