Thursday, November 19

राजनीतिमा धर्मभिरुताको आवश्यकता छैन : अध्यक्ष ओली

नेपालअखबार, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान र लोकतान्त्रिक प्रणालीको रक्षा गर्नु एमालेको पहिलो कार्यभार भएको बताएका छन् ।  काठमाडौँमा जारी एमालेको राष्ट्रिय भेलामा एमाले सामु रहेका तत्कालका दुई कार्यभार र गर्नुपर्ने १५ कामबारे चर्चा गर्दै अध्यक्ष ओलीले आफूहरूले धक्का खाएको र अपदस्त भएको भन्दै निर्वाचनको पराजयबाट नभएको बताएका छन् ।

Advertisement

नियमित र स्वाभाविक ढङ्गले निर्वाचन हुँदा जसले हार्दा र जित्दा पनि स्विकार्नुपर्ने भन्दै उनले गत फागुनको निर्वाचन स्वच्छ निर्वाचन नभएर आगजनी, तोडफोड र हिंसात्मक ‘कु’ बाट सत्ता परिवर्तन गरेर त्यसलाई आतंंकपूर्ण वातावरणमा निर्वाचनको मञ्चन गरेर परिणाम घोषणा गरिएको बताए ।

Advertisement
Advertisement

‘प्रश्न प्राविधिक प्रक्रियाको होइन, प्रश्न राजनीतिक विषयको हो’, उनले भने, ‘यहाँ मात्र होइन विकसित देशमा पनि यस्ता कुरा भएका छन् ।’

Advertisement

ओलीले भने, ‘यो स्वीकार्य घटना हुन सक्दैन । त्यसले पुर्‍याएको क्षति, संविधान मिचेर पुर्‍याएको क्षतिहरूलाई हामीले पुनर्स्थापित गर्नुपर्छ र पहिलेकै ठाउँमा पुग्ने र फेरि जाग्ने ।’ अध्यक्ष ओलीले अबको मुलुक पुनर्जागरणको नेतृत्व एमालेले गर्नुपर्ने भन्दै नीति र विचारले शासन गर्न सक्नुपर्नेमा अहिले त्यसो हुन छाडेकोप्रति असन्तुष्टि जनाए ।

अध्यक्ष ओलीले पहिला पहिला राजनीतिमा धर्मभिरुता घुसाएर राजनीति गर्ने गरिएको भन्दै अब राजनीतिमा धर्मभिरुताको आवश्यकता नभएको बताए ।

‘अब धर्मभिरुताको आवश्यकता छैन । धर्मभिरुता जनतामा घुसाउन आवश्यकता छैन, यति पर्याप्त मात्रामा घुसिसकेको छ’, ओलीले भने, ‘त्यसैले चर्चले राजनीतिमा हस्तक्षेप गर्नुहुँदैन भनेर युरोपमा चल्यो र त्यही कुरा संसारभरि फैलियो ।’