Thursday, November 19

काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा १२ दिन विद्युत अवरूद्ध हुने

नेपालअखबार,  काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा आजदेखि मंसिर १४ गतेसम्म विद्युत अवरूद्ध हुने भएको छ।

Advertisement

विद्युत प्राधिकरणले सूचना जारी गर्दै विभिन्न ठाउँमा फरक-फरक मितिमा विद्युत अवरूद्ध हुने जानकारी दिएको हो।

Advertisement
Advertisement

प्राधिकरणका अनसार कुलेश्वर र बानेश्वर वितरण केन्द्र अन्तर्गतका प्रसारण लाइनमा विद्युतीय तार भूमिगत गर्नका लागि फरक फरक मितिमा फरक फरक ठाउँमा विद्युत सेवा अवरूद्ध हुने जानकारी दिएको हो।

Advertisement

सो कामका लागि बिहान साढे १० बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत अवरूद्ध हुनेछ।

बिहीबार बल्खु खोला पुल र नैकाप क्षेत्रमा विद्युत अवरूद्ध हुनेछ।

शुक्रबार धोबोखोला र बत्तीसपुतली क्षेत्रको लुम्बिनीदेखि शिफल ग्राउन्डसम्म विद्युत अवरूद्ध हुनेछ।त्यस्तै शनिबार स्युचाटार पुल आसपास, आइतबार बल्खु खोला पुल र नैकाप क्षेत्रमा, सोमबार कोटेश्वर र इमाडोल क्षेत्रमा  विद्युत अवरूद्ध हुन्छ।

मंसिर ८ गते बल्खु खोला पुल र नैकाप, ९ गते  कोटेश्वर क्षेत्रमा, १० गते धोबीखोला/बत्तीसपुतली क्षेत्रमा, ११ गते बलम्बु/थानकोट सब-स्टेसनको सतुंगलदेखि ढुंगे अड्डासम्म, १२ गते कोटेश्वर क्षेत्र, १३ गते थानकोक्षट र १४ गेत धोबीखोला/बत्तीसपुतली क्षेत्रमा विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।

bijuli-suchana-1795059540.png