Tuesday, April 21

पर्सामा थप १७ जनामा कोरोना संक्रमण

इफान अलि, बीरगन्ज । पर्सामा पुण्ह १७ जना मानिसमा काेराेनाकाे संक्रमण पुष्टि भएकाे छ । चिकित्सक , अस्पतालमा उपचाररत बिरामी लगायत पर्सा जिल्लामा गए राति मात्र १७ जनामा काेराेना पुष्टि भएकाे पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले फेसबुक पेज मार्फत जानकारी दिनुभएकाे छ । उनका अनुसार कतिपय संक्रमित लक्षण सहित समेत देखिएकाेले निकै गम्भिर अवस्था सृजना भएकाे उनले बताए।
फेसबुक पेजमा लेख्दै सहायक प्रमुख बस्नेतले वास्तवमा देशभरी काेराेना संक्रमण घटेकाे हाेइन, परीक्षणकाे दायरा घटेकाेले संक्रमितकाे संख्या घटेकाे जस्ताे देखिएकाे उनको बुझाइ रहेकाे छ।
बस्नेतले आफ्नो फेसबुक पोष्टमा लेखेका छन्, ‘पेड टेस्ट शुरू नगरूञ्जेल पर्सामापनि संक्रमित सबै निकाे हुँदै २ जना मात्र बाँकी रहेकाे अवस्था थियाे तर पर्सामा पेड टेस्टसँगै विभिन्न व्यक्तिहरूले स्वेच्छाले जाँच गर्न थालेपछि र्यान्डम टेस्ट जस्तै हुन थालेकाेले काेराेना संक्रमित ठूलाे संख्यामा देखापर्दै जानुले यसकाे पुष्टि गरीरहेकाे छ ।’ बस्नेतले यस्तो अवस्थामा लकडाउन अन्त्य हुँदा सबैतिर बढेको भिडभाडले ठुलो खतरा निम्त्याइरहेकाे भन्दै चाँसो व्यक्त गरेका छन् । ‘हामीहरू अहिले पनि काेराेना संक्रमणकाे उच्च जाेखिममै छाैं, बस्नेतले लेखेका छन्, ‘तसर्थ भिडभाडमा नजाऔं, स्वास्थ्य र सुरक्षाका सबै शर्त र मापदण्डहरूकाे अनिवार्य रूपमा पालना गराैं, त्यसै गरि वीरगञ्जमा मृत्यु भएपछी एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास-प्रस्वासको समस्याले ग्रस्तित अन्दाजी ७० वर्षीय पुरुषको मृत्यु भएपछी कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
वीरगञ्ज महानगरपालिका वडा नं. ६ माइस्थान घर भएका पुरुषमा मृत्युपछी कोरोना सङ्क्रमण पुष्टि भएको गण्डक अस्थायी कोभिड अस्पताल वीरगञ्जका संयोजक डा. उदय नारायण सिंहले पुष्टि गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *