Monday, April 27

डब्ल्यूएचओका प्रमुखद्वारा अमेरिकी विदेशमन्त्रीको आरोप खण्डन

नेपाल अखबार, एजेन्सि। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख डा. टेड्रोस एडनाम गेब्रियेससले अमेरिकी विदेशमन्त्री माइक पोम्पियाको आरोप खारेज गरेका छन् ।
अमेरिकी विदेशमन्त्रीले मंगलबार लण्डनमा चीनका कारण टेड्रोस गेब्रियेसस विश्व स्वास्थ्य संगठनका प्रमुख बनेको आरोप लगाएका थिए ।
बिहिबार जिनेवमा पत्रकारसँगको कुराकानीमा विश्व स्वास्थ्य संगठनका प्रमुखले भने, ‘उनको बयान गलत, अस्विकार्य र आधारहीन छ । यतिबेला संगठनको सबै ध्यान मानिसहरुको ध्यान कसरी बचाउने हो भन्नेमा केन्द्रीत छ । यस्तो प्रकारको टिप्पणीले संगठनको ध्यान विचलित हुनेछैन ।’
स्रोतः बीबीसी

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *