इफान अलि, वीरगञ्ज । पर्साको वीरगञ्जमा कोरोना संक्रमणबाट एक युवतीको मृत्यु भएको छ । बारा परवानीपुर गाउँपालिका–४ घर भएकी १७ बर्षीया सबनम खातुनको मृत्यु भएको नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।
नारायणी अस्पतालमा उपचारको क्रममा अवस्था गम्भीर भएपछि बुधबार उनलाई वीरगञ्ज हेल्थ केयर अस्पताल ल्याइएको थियो । ईर्मजेन्सीमा भर्ना भएपछि हेल्थ केयरमा उनको आरडिटी परीक्षण गरिएको थियो ।
आरडिटी पोजेटिभ देखिएपछि कोरोनाको आशंकामा उपचार शुरु गरिएको थियो । उनको पीसीआर परीक्षण पनि पोजेटिभ आएको छ । बिहीबार गण्डक कोभिड अस्थायी अस्पतालमा भर्ना गरिएकोमा शुक्रबार अपरान्ह उनको निधन भएको छ।
यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ । शुक्रबार बिहान पनि वीरगन्ज महानगरपालिका ११ श्रीपुर रानीघाटका ८५ वर्षीय महिलाको  नारायणी अस्पतालमा उपचारका क्रममा निधन थियो ।


