नेपाल अखबार, काठमाडाैं। आज र भोलि नारायणी, तिनाउ, पश्चिम राप्ती, बबई र यसका सहायक नदीजलाधार लगायत प्रदेश ५ भइ बग्ने साना नदीमा बहाव सतर्कता तह आसपास हुने जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सो क्षेत्रका केही साना नदीमा पनि बहाव सतर्कता आसपास हुने र केही साना नदीमा खतरा आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउनु पर्नेछ ।
आगामी ३ दिन बाढीको जोखिम रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको । आज नारायणीमा बहाव सतर्कता नजिक हुनेछ भने केहि सहायक नदीमा खतरा आसपास हुनेछ ।


