Monday, April 20

भारतले कालापानीमा नेपालीलाई प्रवेश नदिने

नेपाल अखबार, काठमाडौँ । भारतको धार्चुलाका उपजिल्लाधिकारी अनिलकुमार शुक्लाले कालापानी, गुन्जी र लिम्पियाधुरा क्षेत्रमा नेपालीको प्रवेशलाई रोक लगाउन निर्देशनात्मक पत्र जारी गरेका छन् । जिल्ला प्रशासन कार्यालय, दार्चुलालाई पत्राचार गर्दै उनले नेपालीको प्रवेश रोक्न भनेका हुन् ।
एक हप्ताअघि नेपाली प्रशासनलाई दिइएको पत्रमा भनिएको छ, ‘विशेष स्रोतबाट जानकारी प्राप्त भएको छ कि विभिन्न नेपाली समूह भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गरेर आउन चाहन्छन्, जसबाट मिडियाको ध्यान आकृष्ट गर्न सकियोस् र दुवै देशको प्रशासनलाई हैरान बनाउन सकियोस्, अतः यस प्रकारका कुनै सूचना तपाईहरुलाई प्राप्त भयो भने त्यसको जानकारी तत्काल दिने कष्ट गरिदिनुहोला ।’
दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी तेजकुमार सिंहले पत्र प्राप्त भएको पुष्टि गरे । ‘अहिले त्यस क्षेत्रमा मुभमेन्ट बढेपछि पत्र प्राप्त भएको हो’, उनले भने, ‘त्यहाँस्थित सशस्त्र प्रहरीको बीओपीलाई त्यसक्षेत्रमा जान दिइएको छैन ।’
भारतले कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रलाई समेटेर नक्सा जारी गरेपछि नेपालमा तीब्र विरोध भएको थियो । त्यसपछि नेपालले पनि ती क्षेत्रलाई समेटेर नक्सा जारी गरिसकेको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *