Wednesday, October 29

भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३५ हजार नाघ्यो, एकै दिन ५२ हजारमा संक्रमण

नेपाल अखबार, एजेन्सि। भारतमा कोरोना संक्रमणकाे कारण ज्यान गुमाउनेकाे संख्या ३५ हजार नाघेको छ।
पछिल्लो २४ घण्टामा भारतमा सात सय ७९ जनाको मृत्यु भएसँगै त्यहाँ मृतकको संख्या ३५ हजार तीन पुगेको वर्ल्डओमिटरले जनाएको छ।
पछिल्लो २४ घण्टामा भारतमा ५२ हजार दुई सय ४९ जना नयाँ संक्रमित थपिएका छन्। योसँगै भारतमा संक्रमितको संख्या १५ लाख ८४ हजार तीन सय ८४ पुगेको छ।
गएको २४ घण्टामा विश्वभर दुई लाख ७८ हजार तीन सय ६६ जना नयाँ संक्रमित थपिएका छन्। सबैभन्दा धेरै ब्राजिलमा एकै दिन ७० हजार आठ सय ६९ जनामा संक्रमण पुष्टि भएको छ।
त्यसैगरी अमेरिकामा ७१ हजार ६ सय नौ, दक्षिण अफ्रिकामा ११ हजार तीन सय ६२, कोलम्बियामा आठ हजार र मेक्सिकोमा सात हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा विश्वभर ६ हजार ६ सय २६ जनाको कोरोना संक्रमणको कारण ज्यान गएको छ।
सबैभन्दा धेरै ब्राजिलमा १५ सय ५४ जनाको कोरोनाको कारण मृत्यु भएको छ भने अमेरिकामा झण्डै १३ सय, मेक्सिकोमा आठ सय ५४, कोलम्बियामा तीन सय ८० जनाले ज्यान गुमाएका छन्।

Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *