Wednesday, October 29

शुक्रबारको मौसम पुर्वानुमान, यी स्थानमा भारी वर्षाको सम्भावना

नेपाल अखबार, पाेखरा। जल तथा मौसम विज्ञान विभागले आज देशमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । यसका साथै,  नेपालको पुर्वी तराई भूभाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित छ ।

Advertisement
मौसम पूर्वानुमानका अनुसार हाल देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम बर्षा भइरहेको छ।
यसैगरी, शुक्रबार दिउँसो देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ ।
साथै, प्रदेश १, बागमती प्रदेश ,गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।
यस्तै, राति  देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १ ,बागमती प्रदेश ,गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश, प्रदेश ५ का एक वा दुई स्थानहरूमा भारी वर्षाको  सम्भावना रहेको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *