Tuesday, May 12

रौतहटमा डुबेर युवकको मृत्यु

नेपाल अखबार, रौतहट । खोला तरेर भारत प्रवेश गर्न खोज्ने एक युवकको डुबेर मृत्यु भएको छ । रौतहटको गौर नगरपालिकाका एकजना युवकको सिमाना क्षेत्रमा पानीमा डुबेर मृत्यु भएको हो । गौर नगरपालिकावडा नं. २ घर भएका पंकज भारतीको कान्छो छोरा १६ वर्षीय कुनाल भारतीको गौर २ महादेवपट्टीमा रहेको दशगजाको खोलामा डुबेर मृत्यु भएको हो ।  एक महिना नबित्दै उक्त खोलामा डुबेर हाल सम्म २ जनाको मृत्यु भइसकेको छ ।
जिल्ला सदरमुकाम गौर र आसपासका मानिस घरायसी प्रयोजनका सामग्री खरिद गर्न सिमा पारी भारतको बैरगनियामा  जाने गर्दछन । उनी सामान खरिदकै लागि  गइरहेको बेला आज डुबेर मृत्यु भएको स्थानीयहरुको भनाई रहेको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *