Tuesday, April 21

अजिज दफाली मेमोरियल ट्रस्टकाे अनुराेध एवम् ईद-उल-अजहा मुबारक

नेपाल अखबार, सिराहा । ईद-उल-अजहा [ ईद ] संयमता , धैर्यता , विश्वशान्ति र भाइचाराको सन्देश दिने चाड पर्वका  रूपमा लिएकाे  अजिज दफाली मेमोरियल ट्रस्टका मो.नूरमोहम्मद दफालीले बताए ।
  विश्वभरिका मुस्लिम समुदायले मनाउने महान चाड ईद-उल-अजहा [ कुर्बानी ] साउन १७ गतेका दिन नेपाल भरी मनाउने भएकोले विश्वभर छरिएर रहेका सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा ईद-उल-अजहा [ बकर ईद ]को  मुबारकबाद [ शुभकामना ] व्यक्त गर्दै प्रेस विज्ञप्तिमा अनुराेध गरीएकाे छ ।
  कोरोना भाइरसका कारण लामो समय देखि समाज बचाउन सदभाव सहितको सामाजिक दुरी कायम गरी साविक देखिनै दैनिक रूपमा मस्जिदमा पाँच टाइमको नमाज र जुम्माको नमाजमा जसरी हामी नेपाल सरकारको निर्देशनको पालन गरेका छौ त्यस्तै अझ बढी जिम्मेदार भइ ईद-उल-अजहामा पनि सबैले पालना गरौं ।
ईद-उल-अजहा को नमाज कसरी सम्पन्न गर्ने विषय त्यसको लागि आ-आफ्नो जिल्ला को परिस्थिति र त्यहाको स्थानीय प्रशासन , मुफ्ती/मौलाना ज्यु [ धर्म गुरु ] राजनीतिकर्मी र बुद्धिजीवीहरुको सामुहिक छलफलबाट नियम कानुनको दायरामा रहि उचित निर्णय गर्ने । सभ्य नागरिक को परिचय दिऔ ।
कोरोना भाइरस [ COVID-19 ] बाट जोगिन अल्लाहसंग दुवा गर्दै नेपाल र नेपाली बीच रहिआएको अमन , मोहब्बत , भाइचारा तथा नेपालीपन युक्त सुन्दर समाजको गरिमामयको सभ्यताको जग मजबुत रहिरहोस भन्ने शुभेच्छा व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *