Tuesday, April 21

पोखरामा वृक्षरोपण

नेपाल अखबार, पोखरा । लायन्स क्लव अफ पोखरा चौतारीले स्थापनाको २३ वर्ष पुगेको अवसरमा शुक्रबार पोखरामा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।
क्लवले पोखरा–१० रामघाट लक्ष्मीनारायण मन्दिर परिसरमा बृहद वृक्षरोपण गरेको कार्यक्रम संयोजक अशोक श्रेष्ठले जानकारी दिए ।
क्लवले वार्षिक कार्यक्रम अन्र्तगत गरिएको वृक्षरोपण कार्यक्रममा अमला, बर, पिपल, राजवृक्ष, अशोक, गुलमोहर, निम, कल्की फुल लगायतका एक सय थान विरुवा रोपिएको उनले जानकारी दिए ।
कार्यक्रमको मल्टिपल कोर्डिनेटर (एफडब्ल्यूसी) दीपक श्रेष्ठले उद्घाटन गर्दै वातावरण संरक्षणमा वृक्षको महत्व भएकोमा जोड दिँदै उनले रोपिएका विरुवाहरुकोे संरक्षणमा क्लव तथा स्थानियले पहल गर्नुपर्ने बताए ।
कार्यक्रम क्लवका अध्यक्ष गुरुप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा डिष्ट्रिक सिनियर (एओजी) डी.आर पोखरेल, क्लवका पूर्व अध्यक्ष अर्जुन बञ्जरा, निर्वतमान अध्यक्ष मोहनबाबु खड्का लगायतले वृक्षरोपण तथा क्लवका गतिविधीमाथी प्रकाश पारेको सचिव पशुराम पौडेलले बताए । कार्यक्रममा लक्ष्मी नारायण मन्दिर समितिका सदस्य तथा क्लवका सदस्यहरुको सक्रिय सहभागिता रहको थियो ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *