Monday, April 20

उपत्यकामा ३१ कोरोना संक्रमित थपिए

नेपाल अखबार,काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
आइतबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले काठमाडौँ उपत्यकामा थप ३१ जनामा कोरोना पुष्टि भएको बताए।
प्रवक्ता गाैतमका अनुसार संक्रमितमध्ये काठमाडौँका २२, ललितपुरका ८ र भक्तपुरका १ रहेका छन्।
यासँगै नेपालमा पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने  सक्रिय संक्रमितको संख्या ५ हजार ६७२ पुगेको छ।
आज ८ हजार ८६१ को पीसीआर परीक्षण गरिएको थियो।
पछिल्लो २४ घण्टामा १११ जना उपचारपछि निको निको भएर घर फर्केका छन्।
अहिलेसम्म निको हुनेको संख्या १४ हजार ६०३ पुगेकाे छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *