Monday, April 20

भारतका गृहमन्त्री अमित शाहलाई कोरोना भाइरसको संक्रमण

नेपाल अखबार, एजेन्सि ।  भारतका गृहमन्त्री अमित शाहलाई कोरोना भाइरसको संक्रमण भएको छ।

शाहले ट्वीटमा आफूलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन्।
उनले आफू अस्पतालमा भर्ना भएको पनि बताएका छन्।
कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्रको तेस्रो स्थानमा रहेको भारतमा हालसम्म १७ लाख ५७ हजार ३९३ मा कोरोना संक्रमण पुष्टि भएको छ।
संक्रमिमध्ये यहाँ ३७ हजार ४५२ को मृत्यु भइसक्दा ११ लाख ४९ हजार उपचारपछि स्वस्थ बनेका छन्।
लकडाउन खुकुलो बनाइएसँगै भारत पछिल्लो समय कोरोनाको केन्द्र बनेको छ। यहाँ पछिल्लो समय ४० हजारभन्दा बढी संक्रमित दैनिक बढ्दै गएका छन्।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *